‘आवश्यक परेलाई इस्लामिक इमिरेट्ससँग मिलेर मानवीय मद्दत दिनुपर्छ’ « Drishti News – Nepalese News Portal
Logo

‘आवश्यक परेलाई इस्लामिक इमिरेट्ससँग मिलेर मानवीय मद्दत दिनुपर्छ’


दृष्टि संवाददाता


काठमाडौं । अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकता परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

बुधबार काबुलमा एक कार्यक्रममा हनफीले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान होइन । हाम्रो मान्यता यो छ कि सरकार र अन्तर्राष्ट्रिय समुदायले आर्थिक गतिविधिलाई तीब्रता दिनुपर्छ ।’ उनले सहायता वितरणमा पारदर्शिता हुनुपर्ने समेत बताएको एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्र महासचिवका उप विशेष प्रतिनिधि र अफगानिस्तानको मानवीय समन्वयकर्ता रमिज एलेकबरोवले संस्थाले सन् २०२२ मा लगभग एक करोड एक लाख अफगानी जनतालाई मानवीय सहायत प्रदान गरिएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्