Logo
Logo

धोबिखोला करिडोरको समस्या तत्काल समाधान गर्न मन्त्री झाँत्रीको निर्देशन



काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीवार बिहान धोबिखोला करिडोरको अनुगमन गरेकी छन् ।

मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राद्यिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राद्यिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् ।

अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।’ मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ । बिहान ६ः३० मा बबरमहलबाट सुरु भएको अनुगमन बुढानिलकण्ठ पुगेर टुगिंएको थियो ।

प्रतिक्रिया दिनुहोस्