Logo
Logo

‘हत्या गरी भाग्नका लागि अपहरणमा परेको नाटक’



धनगढी । आफू अपहरणमा परेको दावी गरेका बैतडीका एक शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ ।

सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि २३ वर्षीय शिक्षक हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले नै डम्मरको हत्या गरेको र ओडारमा गाडेको भनेपछि शव सडेको अवस्थामा फेला पारेको छ ।
डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए । उनका परिवारले खोजतलास गरे पनि फेला नपरेपछि पुस १ गते प्रहरीकहाँ जानकारी गराएका थिए । बेपत्ता रहेका डम्मरको अन्तिम सम्पर्क हरिश अवस्थीसँग भएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक बोधराज ओझाले प्रारम्भिक अनुसन्धानबाट हरिशले हत्या गरेको देखिएको र यसबारे थप बुझ्ने काम भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्