Logo
Logo

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री कार्की



काठमाडौं । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको उनको भनाइ छ । प्रवक्ता कार्कीले बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत यस्तो जनाएका हुन् ।

‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ’ मन्त्री कार्कीले लेखेका छन् । यसका साथै कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

विज्ञहरूका अनुसार कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिरहेको छ । त्यसले तेस्रो लहरको रूप लिइसकेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्