नेपालमै बनेको स्याटेलाइट ‘स्यानोस्याट-१’ आज प्रक्षेपण गरिँदै « Drishti News – Nepalese News Portal
Logo

नेपालमै बनेको स्याटेलाइट ‘स्यानोस्याट-१’ आज प्रक्षेपण गरिँदै


दृष्टि संवाददाता


काठमाडौं । नेपाली स्याटेलाइट ‘स्यानोस्याट–१’लाई बिहीबार राती ९ बजेर १५ मिनेटमा स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ ।

विश्वकै धनी इलोन मस्कको कम्पनी स्पेस–एक्सको उक्त रकेटबाट नेपालमै निर्मित स्याटेलाइट अन्तरीक्षमा पठाइन लागिएको हो ।
अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको २५० ग्राम तौलको उक्त स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्ने जनाइएको छ ।

स्पेनी कम्पनी फोसा सिस्टम्समार्फत उक्त स्याटेलाइट प्रक्षेपणको लागि स्पेस(एक्समा पठाइएको हो । यो स्याटेलाइटको लन्चिङ खर्च चाहिँ ४० लाख रुपैयाँ लागेको थापाले जानकारी दिए ।

ओरिएन स्पेसका रिसर्च तथा डेभलपमेन्ट इन्जिनियर जितेन थापाका अनुसार नेपाली समयानुसार ९ बजेर १५ मिनेटमा स्याटेलाइट रकेटमार्फत कक्षतर्फ पठाउन लागिएको छ ।

स्यानोस्याट–वान अन्तरीक्षमा पठाउन लागिएको दोस्रो र नेपालमै निर्मित पहिलो भू–उपग्रह हो । सोही रकेटमा अन्य मुलुकले निर्माण गरेका स्याटेलाइट पनि पठाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्