Logo

ट्याटु खोप्न पालो कुर्दाकुर्दै युवकको मृत्यु



काठमाडौं । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न पालो पर्खदै लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएको र त्यसपछि उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्