Logo
Logo

राष्ट्रिय जनमोर्चाको प्रदेश अधिवेशन २२ दिनपछि सर्यो



काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश अधिवेशन सरेको छ । आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको जनमोर्चाको प्रदेश सम्मेलन २२ दिनपछि सारिएको हो ।

कोरोना भाइरसको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै माघ १५ र १६ गतेलाई तय भएका प्रदेश सम्मेलन आगामी फागुन ६ र ७ गते गर्नेगरी सारिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्