Logo
Logo

रंगशाला प्रकरण : नेकपा नेता प्रकाश कँडेल निलम्बन, क्षतिपूर्ति भराउन माग


- दृष्टि न्युज/संवाददाता


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न स्थानीय नेता प्रकाश कँडेललाई निलम्बन गरेको छ । पार्टीले सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’द्धारा आज (विहीबार) जारी एक विज्ञप्तीमा घटनामा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै क्षतिपुर्ती भराउन समेत माग गरेको छ । पार्टीले घटनाप्रति दुःख समेत व्यक्त गरेको छ । नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिवद्धता जनाएको छ ।

यस्तै भरतपुरका तीन वटा वडाका नेताहरुले पनि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कारवाही गर्न माग गरेका छन् ।

नेकपा वडा नं.१५, १६ र १७ ले घटनामा संलग्नलाई निश्पक्ष छानविन गरी सांगठनिक कारवाही गर्न माग गरेको हो । साथै रंगशालाको नियमित कार्य संचालनका लागि सहज वातावरण बनाउन फाउण्डेशनलाई अस्वस्थ पार्दै आमसमुदायसंग सहयोगका लागि अपिल गरेको छ ।

विज्ञप्तीमा भरतपुर १५ का लावण्य शर्मा, कृष्ण अधिकारी, शान्ता पोखरेल, भरतपुर १६ का बद्री प्रसाद चापागाई, नारायणप्रसाद अधिकारी, ओमबहादुर रावल र भरतपुर १७ का दामोदर पौडेलले हस्ताक्षर गरेका छन् । बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा पुगेको एक समूहले रंगशाला निर्माणस्थलमा लगाईएको जस्ताको बार डोजर लगाएर भत्काएका थिए । प्रहरीले घटनामा संलग्न कँडेलसहित १७ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्