Logo
Logo

दोस्रो चरणमा देउवालाई सघाउँदा मेरो चरित्र हत्या गरियो : नेता सिंह



भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् ।

बिहीबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले आयोजना गरेको झन्डोत्तोलन कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन ।
नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको गुनासो गरे । उनले पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार देउवालाई सहयोग गरेको बताए ।

उनले भने, ‘दुइटा एजेन्डा बोकेर म यसपटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ । दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेन्डामा भोट मागेको हुँ ।’ उनले फस्ट राउन्डको म्यान्डेट आफूले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखिएको बताए ।

उनले भने, ‘डेमोक्रेटिक पार्टीको डेमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्यो नि ।’ नेता सिंहले चौधौं महाधिवेशनको दोस्रो चरणमा देउवालाई सघाउँदा आफ्नो चरित्र हत्या गरिएको पनि गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्