Logo
Logo

भारतमा रेल दुर्घटना हुँदा ३ जनाको मृत्यु



दिल्ली । भारतको जलपाइगुुडीमा रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । पश्चिम बंगालको जलपाइगुडीमा बिहीबार रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पटनबाट गुवाहटीका लागि छुटेको रेल जलपाइगुडीको मोएनोगुडीमा लिकबाट बाहिर उछ्छिटिएर दुर्घटना भएको हो । भारत सरकारले रेल दुर्घटनामा मृत्तकका परिवारलाई पाँच÷पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्