Logo
Logo

ए डिभिजन लिग : आजबाट नवौँ चरणका खेल



काठमाडौं । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रवारदेखि नवौँ चरणका खेल हुँदैछ ।

आजदेखि नवौँ चरणको खेल सुरु हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विभागीय क्लब एपीएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्यम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ ।

यस्तै दोस्रो खेलमा तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि होडलाई बचाइराख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेर खेल्नेछ ।

आठौँ चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ । नवौँ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ ।

भोलि शनिवारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अङ्कका लागि खेल्ने जनाएको छ । फ्रेन्ड्स यो लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अङ्क जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्