Logo
Logo

रुबी भ्यालीको पहिरोमा पुरिएकाहरुको खोजी जारी



धादिङ । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्नेक्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । पहिरामा पुरिएर बेपता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।

बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । उनीहरुको शुक्रबार बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका हुन् ।

बिहीबार हेलिकप्टरबाट नेपाली सेनाका मेजर नेतृत्वको उद्धारकर्मीको टोली सो स्थानमा पुर्याइएको थियो । सशस्त्र र नेपाल प्रहरीको टोली पनि हिजो नै सो स्थानमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्