Logo
Logo

अफगानिस्तानमा सत्तामा आएपछि तालीबानद्वारा पहिलोपटक बजेट सार्वजनिक



काठमाडौं । अफगानिस्तानमा तालिवानले सत्तापलट गरेपछि पहिलोपटक बजेट सार्वजनिक गरेको छ ।

तालीबान सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो । तर, तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन् ।

सम्पूर्ण खर्च सरकारी संस्थाहरूबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताएका छन् । त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यलय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताए ।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो । तालिवान सत्तामा आउनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गथ्र्यो । तर, तालिवान सत्तामा आएसँगै पश्चिमा देशहरुले अरबौं डलर सहयोग रोक्का गरिदिएका छन् ।

अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ । तालिवान सरकारका अर्थमन्त्रालयका प्रवक्ता अहमद वाली हाकमलले भने, ‘पछिल्लो दुई दशकमा पहिलो पटक हामीले विदेशी सहयोगमा निर्भर नहुने गरी बजेट घोषणा गरेका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धी हो ।’ -एजेन्सी

प्रतिक्रिया दिनुहोस्