Logo
Logo

जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन



टोकियो । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन भएको छ ।

उनको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ ।

उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्