Logo
Logo

अध्यक्ष पोखरेलमाथि प्रश्न उठाउँदै केन्द्रीय सदस्यहरुद्वारा बैठक बहिस्कार



कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलमाथि प्रश्न उठाउँदै केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका छन् ।

शुक्रबार कपिलस्तुमा सुरु भएको बैठकमा अध्यक्ष पोखरेल मिडिया अवार्डमा संलग्न भएकोबारे छानबिन हुनुपर्ने माग गर्दै केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।

बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने बताएका थिए । उनीहरुले अध्यक्ष पोखरेलको अध्यक्षमा बैठक बस्न नसक्ने अडान लिएका छन् ।

मिडिया अवार्डका नाममा जे भयो, त्यसको बारेमा प्रष्ट नभएसम्म बैठक अघि नबढाउन आफूहरुले आग्रह गरेर बाहिरिएको केन्द्रीय सदस्य वविन शर्माले बताए । बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्