टाइगर कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा « Drishti News – Nepalese News Portal
Logo

टाइगर कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा


दृष्टि संवाददाता


पोखरा । पोखरामा जारी टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) भएको खेलमा नेपाल पुलिसलाई ३–१ सेटले पराजित गर्दै आमी फइनलमा प्रवेश गरेको हो ।

आर्मीले पुलिसमाथि २१–२५,२५–१८,२५–२१ र २५–१३ को जित निकालेको हो । कुल ४ खेल खेलेको आर्मी ९ अंकसहित उपाधि होडमा पुगेको हो । आर्मीले उपाधि चुम्न एपीएफ अथवा न्यु डायमण्डबीच प्रतिष्पर्धा गर्नुपर्नेछ । एपीएफको ५ अंक छ भने न्यु डायमण्डको ७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्