Logo
Logo

माघ पहिलो स्थानीय तहको निर्वाचन घोषणा गर्न आयोगको प्रस्ताव



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरुबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।

निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय निर्वाचन तोक्ने र तोकिएको समयमा निर्वाचन हुनुपर्ने प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्