Logo
Logo

ए डिभिजन लिग हेर्न खोप कार्ड अनिवार्य



काठमाडौं । कोरोना भाइरसको ग्रफबढेपछि काठमाडौंमा जारी ए डिभिजन लिगका खेलहरू हेर्नको लागि खोप कार्ड अनिवार्य गरिएको छ । नवौं चरणका खेलबाट यस्तो नियम लगाइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका खेल हेर्न जाने दर्शकले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने बाध्यकारी नियम लगाएको हो । खोपकार्ड भएपनि खेल हेर्न मैदानमा जानु अघि दर्शकहरुको तापक्रम भने नापिनेछ ।

कतार एअरवेज ए सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल छ। अहिले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भइरहेको छ भने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्