Logo
Logo

एकैदिन पाँच हजार बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गर्दा ५ हजार ८७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार पीसीआर विधिबाट १३ हजार ४७४ जनाको परीक्षण गर्दा ४ हजार २०४ र ७ हजार ८६ एन्टिजेन विधिबाट परीक्षण गर्दा ८८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २३५ पुगेको छ ।

यही अवधिमा ३०६ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १५ हजार ६५३ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्