Logo
Logo

ए डिभिजन लिग : सातदोबाटोसँग मनाङ मर्स्याङ्दी पराजित



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दीलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोलाई जित दिलाउनका लागि दुवै गोल विदेशी खेलाडिले गरेका थिए । उसका लागि सिलो नांगो र अजायी मार्टिन्सले समान एक–एक गोल गरे ।

खेलको ११ औं मिनेटमा सिलो नांगाले गोल गर्दै सातदोबाटोलाई आग्रता दिलाएका थिए । खेलेको ३८औं मिनेटमा अजायी मार्टीन्सले गोल गर्दै पहिलो हफमा सातदोबाटोको अग्रता दोब्बर बनाए ।

५७ औं मिनेटमा मनाङले गोल फर्कायो । आफिज ओलावावलेले कर्नरमा क्लियर हुन नसकेको बललाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा मनाङ स्तब्ध बन्यो ।

यो जितसँगै सातदोबाटो १२ अंकसहित लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । मनाङ भने १९ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्