Logo
Logo

प्रधानमन्त्री कप पुरुष टी-२० : प्रदेश १ र पुलिस क्लवको खेल स्थगित



काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ । समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान शुरु हुने तालिका थियो ।

तर, प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि यो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ ।

पुलिस समूह ‘ए’मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न प्रदेश १ ले खेल्न बाँकी दुवै खेल फराकिलो अन्तरले जित्नुपर्नेछ ।
बागमती र गण्डकीबीचको दोस्रो खेल भने आज निर्धारित समयमै हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्