Logo
Logo

भारतीय पक्षले भन्यो- ‘सीमा समस्या संवादमार्फत समाधान गरौं’



काठमाडौं । नेपाल–भारत सीमा समस्याबारे आफ्नो धारणा यथावत र स्पष्ट रहेको भारतीय पक्षले बताएको छ । काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै सीमा समस्याबारे आफ्नो धारणा यथावत र स्पष्ट रहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘भारत–नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रुपमा यथावत र स्पष्ट रहेको छ ।’

विज्ञप्तिमार्फत भारतीय पक्षले सीमा विवाद समाधानका लागि वार्ता तथा संवाद नै उपयुक्त माध्यम रहेको बताएका छ । ‘दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने हाम्रो धारणा रहेको छ । दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुलाई सधै हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्