Logo
Logo

खुसी थुलुङको ‘बोलुँ बोलुँ लाग्छ मलाई’ (भिडियो)



काठमाडौं । गायिका खुसी थुलुङ राई नयाँ गीत लिएर आएकी छन् । यसअघि आुधनिक तथा पुर्वेली गीतहरुमा स्वर दिँदै आएकी खुसीले यसपाली डान्सिङ नम्बर ‘बोलुँ बोलुँ लाग्छ मलाई’ बोलको गीत ल्याएकी हुन् ।

गीतमा १६ कटेपछि युवतीको मनका जागृत हुने भावनालाई समेटेकी छन् । उक्त गीतको शब्द तथा संगीत कन्चन थलङ लिम्बुले गरेका छन् । स्टेजमा नृत्य गर्न समेत पूर्णलायक उक्त गीतलाई गायिका खुसीले गायनमा न्याय दिएको कन्चनको भनाइ छ ।

उक्त गीतको भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन् । ‘बोलुँ बोलुँ लाग्छ मलाई’ गीतको भिडियोमा ह्यारी योञ्जन र टिकटक क्वीन भनेर चिनिएकी बिना राउतको अभिनय रहेको छ ।

भिडियोमा निर्देशक पोमो र साल्मोन तामाङको कोरियोग्राफी तथा छिरिङ्ग शेर्पाको श्रंगार रहेको छ । गायिका खुसीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाइ तेलकोटको रमणीय दृश्यमा छायाँकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्