Logo
Logo

नेप्से परिसूचक उच्च अंकले वृद्धि, साढे ९ अर्ब कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भइ २९ सय भन्दा माथि पुगेको छ ।

कारोबारको पहिलो दिन आइताबार शेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्