Logo
Logo

नेपाल सरकारले भन्यो- ‘सीमा क्षेत्रमा भारतले एकपक्षीय रुपमा सडक बनाउन पाउँदैन’


1.3k
Shares

काठमाडौं । नेपाल सरकारले नेपाली भूभागमा एकपक्षीय रुपमा सडक निर्माण र विस्तार रोक्न भारत सरकारलाई आग्रह गरेको छ ।

सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताउँदै विस्तार रोक्न सरकारले आग्रह गरेको बताएका हुन् ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आइतबार प्रवक्ता कार्कीले नेपाली भूभाग भएर जाने कुनै पनि सडक भारतले एकपक्षीय ढंगबाट निर्णण गर्न नसक्ने बताए ।

लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे सरकार मौन रहेको भन्दै सत्तारुढ र प्रतिपक्षी दलले प्रश्न गरिरहेको बेला सरकारले धारणा सार्वजनिक गरेको हो ।

दुई देशको सीमा समस्या समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिवद्ध रहेकोसमेत मन्त्री कार्कीले बताए ।
लिपुलेक क्षेत्रमा भारतीय सरकारद्धारा सडक विस्तार गर्ने भनिए पछि नेपालका बिभिन्न राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्