Logo
Logo

प्रदेश २ को नाम ‘मधेस’ कायम


17.8k
Shares

काठमाडौं । लामो समयको प्रयासपछि प्रदेश नंं. २ ले नाम पाएको छ । आज बसेको प्रदेश नं. २ प्रदेशसभाको बैठकले प्रदेश २ को नाम ‘मधेस’ कायम गरेको हो ।

प्रदेश २ को नाम ‘मधेस’ प्रस्ताव दुईतिहाइ बुहमतले पारित भएको हो । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि भएको मतदान भएको थियो ।

९९ जना प्रदेश सदस्य सहभागी भएको उक्त मतदानमा ८० मत ‘मधेस’ प्रदेशमा खसको थियो । १९ जनाले ‘मधेस’को विपक्षमा मतदान गरेका थिए भने पाँच जना अनुस्पथित रहे । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् । प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ ।

यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो । तर, वर्तमान सत्ता गढबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्