Logo
Logo

पीएम कपको फाइनलमा एपीएफ र पुलिस क्लब खेल्दै


504
Shares

काठमाडौं । प्रधानमन्त्री कप टी २० क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान १० बजे हुनेछ ।

प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् । एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको हो । पुलिसले भने पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराएको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप–विजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्