Logo
Logo

प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पीसीआरको शुल्क



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ संक्रमणको पीसीआर परीक्षण शुल्क घटाइएको छ ।

प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ । अब सरकारी अस्पतालमा भर्ना भएको बिरामीको निःशुल्क पीसीआर परीक्षण हुने र परीक्षण मात्रै गर्नेलाई रु ८०० भन्दाबढी लिन नपाउने निर्णय भएको छ ।

यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

त्यसैगरी निजी अस्पताल तथा ल्यावले एक हजार ५०० भन्दाबढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निजीतर्फ पीसीआर परीक्षणको शुल्क रु दुई हजार रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्