Logo
Logo

गाउँपालिकाका कार्यवाहक अध्यक्षले लेखापाललाई हाजिरी गर्न दिएनन्



कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर

कैलाली । कार्यालयमा ढिलो आएको भन्दै कैलालीको मोहन्याल गाउँपालिकाका कर्मचारी र कार्यबाहक अध्यक्ष पुजादेवी बुढामगरले लेखापाललाई कार्यालयमा हाजिरी हुन रोक लगाएका छन् ।

मोहन्याल गाउँपालिकामा लेखापालको दरबन्दी खाली रहेको अवस्थामा महालेखा नियन्त्रण कार्यालय काठमाडाै.ले ध्रुवबहादुर खत्रीलाई २०७८ बैसाख १८ गते समायोजनाका लागि पत्र पाठएको थियो । सोही आधारमा मोहन्याल पुगेका खत्रीलाई विभिन्न कारण देखाइ हाजिरीमा रोक लगाइएको हो । हालै गाउँपालिकाले तोकिएको समयभन्दा ढिलो कार्यालय आएकोल खत्रीलाई हाजिरी गराउन नसकिने भन्दै महालेखालाई पत्र पठाएको छ ।

मोहन्याल गाउँपालिकाका कार्याबाहक अध्यक्ष पुजादेवी बुढामगर, केही वडाअध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशी लगायतले लेखापाल खत्रीलाई हाजिर गर्न नदिएको आरोप लाग्ने गरेको छ ।

मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय नवलसिंह रावलले अछामको विनायक पञ्चदेवल नगरपालिकामा कार्यरत लेखा (पाचौं) ध्रुव खत्रीलाई सहमति दिएको र सोही समयमा अध्यक्षको निधन भएपछि कर्मचारीले सहमति पत्रसमेत लुकाइ बिना कारण समायोजनमा बिलम्ब गरेको बुझिएको छ ।

मोहन्याल गाउँपालिका कैलाली जिल्लाको सबै भन्दा दुर्गम पहाडी गाउँपालिका हो । त्यहाँ स्थायी लेखापाल नभएका कारण हाल तीन वटा कार्यालयको लेखा हेर्दै आएका भरत सापकोटाले चेकमा हस्ताक्षर गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्