Logo
Logo

स्पेनिस कोपा डेलरको क्वाटर फाइनलमा रियल म्याड्रिड



काठमाडौं । इल्चेलाई २ १ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहीवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रवेश गरेको छ । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।

खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३ औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।

खेलको १०८ औं मिनेटमा इस्कोले खेल १(१ को अवस्थामा ल्याए । ११५ औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए । खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्