Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माघ ८ गते बोलाइएको केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमणका कारण स्थगित गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

माओवादी केन्द्रले आज शुक्रबार विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्म बैठक स्थगित गरिएको जानकारी दिएको छ । पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक भने स्वास्थ्य मापदण्ड पालना गरि यही माघ ८ गते बिहान पार्टी कार्यालय पेरिसडाडामा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्