Logo
Logo

सत्तारुढ गठबन्धनको बैठक एक घण्टा सर्यो




काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक एक घण्टालाई पछि सरेको छ । शुक्रबार अपरान्ह ४ बोलाइएको बैठक पाँच बजे बस्ने भएको हो ।

बैठकमा सरकार सञ्चालन समन्वय संयन्त्रका संयोजक रामचन्द्र पौडेलसहितका नेताहरु पनि सहभागी हुनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कार्यकाल ६ महिना पुगेको अवसरमा दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाको सम्बोधन तयारीमा लाग्ने भएपछि गठबन्धनको बैठक घण्टालाई सारिएको जनाइएको छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन् । बैठकमा आगामी वैशाख–जेठमा स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचन गर्नेबारे निष्कर्षमा पुग्न सकिने एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्