Logo
Logo

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा शुक्रबार १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १८ हजार ६ सय १८ पिसिआर परिक्षणका क्रममा ८ हजार ८ सय १५ जना र ४ हजार ४ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ७ सय ६६ संक्रमित निको हुँदा हालसम्म ८ लाख १९ हजार ५ सय ७५ जना निको भएका छन् ।

हाल ६५ हजार ३ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ५४ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्