Logo
Logo

स्वर्गीय डीएसपी बस्नेतलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड



काठमाडौं । सशस्त्र प्रहरी बलले आइतबार आफ्नो स्थापना दिवस मनाउँदै छ । २१ औं स्थापना दिवसको अवसरमा विभिन्न पुरस्कार वितरण हुँदैछ ।


सशस्त्र प्रहरीले यो वर्ष सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका डिएसपी धनबहादुर बस्नेतलाई यो वर्षको लाइफ टाइम अचिभमेन्ट पुरस्कार दिने निर्णय गरेको छ । दोहोरो भिडन्तमा दाङको सतगरियामा उनले ज्यान गुमाएका थिए ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बस्नेतका परिवारलाई सो अवार्ड वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्