Logo
Logo

बेलायतमा ओमिक्रोन भेरियन्टका लागी लगाइएको प्रतिबन्धहरु हट्ने



काठमाडौं । बेलायतले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै लगाइएको नयाँ प्रतिबन्धहरु फुकुवा गर्न थालेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सङ्क्रमण फैलिएपछि रोकथामका लागि भन्दै लागू गरिएको ‘प्लान बी’ अन्तर्गतका नियम तथा प्रतिबन्ध हटाउने घोषणा गरेसँगै त्यहाँको जनजीवन पुरानै अवस्थामा फर्किन लागेको छ ।

बेलायतमा अब मास्कलाई अनिवार्य गरिने छैन भने सेल्फ आइसोलेशनको कडा नियमलाई पनि निरन्तरता दिइने छैन । ओमिक्रोन भेरियन्टको सङ्क्रमण कम हुँदै गएसँगै गएको बुधवार प्रधानमन्त्री जोनसनले कोरोना विरुद्धका प्रतिबन्धात्मक नियमलाई हटाइने बताए ।

तर, यो घोषणा आउँदो बिहीवारदेखि मात्रै लागू हुनेछ । घोषणाअनुसार यसअघि नाइट क्लब तथा अन्य ठूला कार्यक्रममा प्रवेश गर्नका लागि कोभिड पास अनिवार्य गरिएकोमा त्यो पनि हट्नेछ ।

यस्तै, सम्भव भएसम्म घरैबाटै काम गर्ने, सार्वजनिक ठाउँमा फेस मास्क लगाउनै पर्ने र माध्यमिक तहका विद्यार्थीले फेस कभर लगाउनु पर्ने नियम पनि हट्दै छ । तर, सार्वजनिक ठाउँ र भिडभाडमा जाँदा स्वविवेक प्रयोग गर्न प्रधानमन्त्री जोनसनको आग्रह छ ।

ओमिक्रोन भेरियन्ट फैलिएपछि बेलायतले गएको डिसेम्बर ८ तारिखमा ‘प्लान बी’ लागू गरेको थियो । यसमा कयौँ प्रतिबन्धहरु समावेश गरिएको थिए । बेलायतले बुस्टर डोजलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्