Logo
Logo

तीव्र आलोचनापछि जर्मनी जलसेनाका प्रमुखद्वारा राजीनामा



काठमाडौं । जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका छन् ।

उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताएका थिए । उनले यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिएको बीबीसीले जनाएको छ ।

यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् । रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ । पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमनको तयारी भनेका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्