Logo
Logo

कोभिडका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डाको विवाह स्थगित


एजेन्सी


काठमाडौं । कोभिड संक्रमणका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि विवाह स्थगित गरिएको प्रधानमन्त्री आर्डेनले बताएकी हुन् ।

उनले भनेकी छन्, ‘कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ ।’ सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपने न्युजिल्याण्डमा प्रावधान बनाइएको छ ।

आफू महामारीबाट प्रभावित न्युजिल्यान्डका अन्य नागरिक जस्तै प्रभावित भएको उनले बताएकी छन् । उनले भनेकी छन्, ‘महामारीका कारण म पनि अन्य नागरिक जस्तै प्रभावित बनेकी छु ।’

आर्डेन र उनका लामो समयदेखिका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । ४१ वर्षीय आर्डेन र उनका पार्टनर क्लार्कको तर्फबाट एक सन्तान छन् । केही सातापछि उनीहरुको विवाह गर्ने कार्यक्रम रहेको न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्