Logo
Logo

गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु



काठमाडौं । ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आज बिहान ओखलढुङ्गाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको १ ज ३५६९ नम्बरको जीपलाई नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेको हो ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी० गोविन्दराज काफ्लेका अनुसार जीपमा रहेका देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्