Logo
Logo

सशस्त्र प्रहरी बलका उत्कृष्ट कर्मचारी र कार्यालय पुरस्कृत




काठमाडौं । २१ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलले आफ्ना उत्कृष्ट कर्मचारी र कार्यालयका प्रमुखलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कर्मचारीको रुपमा डिएसपीहरु सुमनजंग थापा र सुमन बोगटी , इन्सपेक्टरहरु शैलेन्द्र थापा, सुवर्ण पोखरेल, गान्धर कुमार चौलागाईं पुरस्कृत भएका छन् ।


सशस्त्र प्रहरीमा निकै प्रतिष्ठित वर्ष जवानको पुरस्कार सहायक हवल्दार पारस खाम्जाले प्राप्त गरेका छन् । त्रिशुली नदीबाट दर्जनौं शव निकालेका उनले विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेका हुन् ।


वर्ष जवानले १० हजार नगद पाउनुका साथै राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर पाउनेछन् । त्यस्तै उनका सन्तानले १२ कक्षासम्म निशुल्क अध्ययन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाउनेछ ।


बाहिनीतर्फ महोत्तरीको छिन्नमस्ता बाहिनी उत्कृष्ट भएको छ । गणतर्फ २८ नम्बर गण कपिलवस्तु तथा गुल्ममा तेह्रथुमको गुल्म पुरस्कृत भएको छ । शिक्षालयतर्फ कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालय उत्कृष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्