Logo

माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समितिलाई पूर्णता दिने



काठमाडौं । नेकपा माओवादी केन्द्रले यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने भएको छ । सोही बैठकबाट पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ ।

पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय समिति बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका हुन् ।

अध्यक्ष प्रचण्डको परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशाअनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा प्रदेश समितिहरुले प्रदेश समिति र पदाधिकारी निर्वाचनलाई पूर्णता दिने कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्