Logo
Logo

खर्चको अभावमा जीवन-मरणको दोसाँधमा सुरज



धनगढी । तीन महिना पहिले मोटरसाइकल दुर्घटनामा परि घाइते भएका जोशीपुर गाउँपालिका वडा नं.- ५ घुस्ररीका सुरज चौधरी उपचार अभावमा जीवन-मरणको दोसाँधमा रहेका छन् ।

मोटरसाइकल दुर्घटनामा परि टाउकोमा चोट लागेका सुरजको आधा शरिर प्यारालाइसिस भएको छ । घाइते भएका चौधरीलाई तत्काल आफन्तको सहयोगमा सेती अञ्चल अस्पताल पुर्याएइको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि धनगढीस्थित निर्सग अस्पतालमा भर्ना गरिएका उनको अवस्था हालसम्म कुनै सुधार हुन सकेको छैन ।

टाउकोमा गम्भीर चोट लागेर प्यारालाइसिस भइ एकातर्फको हात-खुट्टा चल्न नसक्ने अवस्थामा रहेका उनलाई हाल निसर्ग अस्पतालले आफ्नै थेरापी सेन्टरमा उपचारका लागि पठाएको घाइते सुरजकी आमा शोभा चौधरीले बताइन् ।

‘अस्पतालले थेरापी गर्नुपर्छ, विस्तारै ठिक पनि हुन सक्छ, ठिक हुन समय लाग्न सक्छ भनेपछि हाल हसनपुस्थित थेरापी सेन्टरमा दैनिक दुई हजार रुपैयाँ तिरेर एक महिनादेखि थेरापी गराँदा पनि कुनै सुधार आएको छैन,’ आमा शोभाले भनिन् ।

एक श्रीमती, नावालक छोरी सिर्जना र आमा शोभा हाल थेरापी सेन्टरमा रहेका छन् । विपन्न, मजदुरी गरिखाने छोरा मोटरसाइकल दुर्घटनामा परि घाइते हुँदा घर परिवारको कमाई गर्ने एकमात्र स्रोतको अन्त्य हुन पुगेको शोभाले बताइन् । अर्काको पसलमा पेइन्टिङको काम गर्ने सुरज काम विशेषले जोशीपुर जानेक्रममा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए ।

‘घरको एकमात्र कमाइ गर्ने सहारा असक्त हुँदा सारा परिवारनै विचल्लीमा परेको दुखेसो पोख्नु हुन्छ’, शोभाले भनिन् ‘अरुको घरमा मजदुरी गरेर खाने हामी जस्ता विपन्न परिवारका लागि उपचार कसरी गर्ने होला ? अस्पतालमा लागेको कर्जा कसरी तिर्ने होला भन्ने चिन्ताले सताएको छ ।’

घाइते सुरज चौधरीको उपचारका लागि स्थानीय सरकार, विभिन्न सहयोगीहरुले आ-आफ्नो तर्फबाट सहयोगी हताहरु बढाउन सकेको भए सुरजको उपचार सम्भव हुने धनगढीस्थित इन्द्रेणी होटलकी सञ्चालक राधिका विष्टले बताइन् ।

विपन्न सुरजको अवस्था देखेर आफूले पनि १० हजार नगद सहयोग गरेको विष्टले बताइन् । यस्तै, कपडा व्यवासायी रेखा रोकायले पनि विपन्न एउटा मजदुरको उपचारका लागि आफूहरुले पनि सहयोग गर्ने सोच बनाएको बताउँदै केहि दिनमा सामाजिक सञ्जालमार्फत अभियान चलाउने तयारी भइरहेको उनको बताइन् ।

जोशीपुरमा केवल घरबास मात्र नभएका सुरजका बुबा नभएको र आमा शोभा र पत्नी बिमला चौधरी साथमा दुई महिनाको छोरी लिएर मजदुरी गर्ने भएतापनि हाल श्रीमान् घाइते भएपछि श्रीमानको सेवामा बिताउनु परिरहेको बताइन् ।

आमा, छोरा र बुहारी गरि तीनै जना मजदुरी गरेर धनगढीमा बस्दै आएका भएपनि हाल उनीहरुको बिल्लीबाठ भएको छ । अस्पतालमा लागेको खर्चसमेत तिर्न नसकेर कसरी थप उपचार अघि बढाउने होला भन्ने ठूलो चिन्तामा छन् शोभा र विमला ।

प्रतिक्रिया दिनुहोस्