Logo
Logo

विप्लका कार्यकर्ताले वडाध्यक्ष कुटे



धनगढी । बझाङमा विप्लव समूहका युवाबाट वडाध्यक्ष कुटिएका छन् । जिल्लाको बित्थरचिर गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष जयबहादुर मल्ल युवाको समूहबाट कुटिएका हुन् । उनलाई कालो मसोसमेत दलिएको छ ।

आइतबार साँझ १०÷१५ जना युवाहरुको समूह वडा कार्यालयभित्रै प्रवेश गरेर कर्मचारीमाथि हातपात गर्दै वडाध्यक्षलाई कुटपिट गरेको बझाङ प्रहरीको भनाइ छ । एक लाख पाँच हजार रुपैँया मागेको र नदिएपछि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटिएका वडा अध्यक्ष मल्लले प्रहरीमा उजुरी दर्ता गरेका छन् । उनीहरुले मागअनुसारको पैसा नदिएपछि मार्ने धम्कीसमेत दिएको अध्यक्ष मल्लले बताए । उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ता रहेको वडाध्यक्षले बताए ।

डाध्यक्ष मल्लले भने, ‘१०÷१५ जनाको समूह थियो । कार्यालयमै प्रवेश गर्दै कालोमसो लगाए । कुटपिट गरे । के गर्ने ? गाउँलेले बचाए ।’ हतियारसहित उनीहरुको आएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्