Logo
Logo

मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परे प्रदेशसभा सदस्य



काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका सदस्य घाइते भएका छन् ।

प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्