Logo
Logo

नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व बढ्यो



काठमाडौं । नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको छ । वि स २०७८ सालको प्रारम्भिक जनगणनाको तथ्यांकले प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको हो । बुधबार विभागले वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै गरेको हो ।

तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जननघनत्व १९८ जना रहेको पाइएको जनाएको छ । यसअघि, वि।स। २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना थियो ।

यो एक दशकको अवधिमा नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८ जनाले बढेको छ । सबैभन्दा बढी जनघनत्व तराईमा र पहाडमा र हिमालमा सबैभन्दा कम रहेको पाइएको विभागले जानकारी दिएको छ । हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३ जना मात्रै जनघनत्व रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्