Logo
Logo
राष्ट्रियसभा निर्वाचन

जनमतका कार्यकर्ताद्वारा सर्लाही हरिवनका मेयरको गाडी तोडफोड



जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाही हरिवन नगरपालिकाका मेयर सवार गाडीमा तोडफोड गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जनकपुरधाम आउँदै गर्दा जनमतका कार्यकर्ता अवरोध गरेका थिए । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेलसँगै थिए । जनतमतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा लठ्ठीसहित प्रदर्शन गर्दै आएका छन् ।

राष्ट्रियसभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा उनीहरुमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरुले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्