Logo
Logo
राष्ट्रियसभा निर्वाचन

प्रदेशमा-१ मा गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार विजयी


12.5k
Shares

विराटनगर । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा अन्यतर्फ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गोलाप्रथामा एमालेका उम्मेदवार गुरुप्रसाद बराललाई पराजित गर्दै कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत विजयी भएका हुन् ।

बस्नेत र बरालको मतभार बराबर भएपछि निर्वाचन आयोगले गोलाप्रथाबाट नतिजा टुंग्याएको हो । आयोगका अनुसार दुवै जनाको मतभार ४४८८ आएको थियो । अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो ।

यसअघि महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्