Logo
Logo

मन्त्रीका पिएसओको रहस्यमय मृत्यु




धनगढी । मन्त्रीको पिएसओका रुपमा कार्यरत प्रहरी हवल्दार मृत फेला परेका छन्। सुदूरपश्चिमका अर्थराज्यमन्त्री माया तामाङ बोहराको पिएसओ रहेका रमेशदत्त जोशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


डिएसपी वेदप्रकाश जोशीका अनुसार उनी धनगढी–३ चटकपुरस्थित आफ्नै घरमा मृत फेला परेका हुन्। मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्