Logo
Logo

जिल्ला न्यायाधिवक्तालाई भ्रष्टाचार मुद्दा




काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय(काभ्रे)का जिल्ला न्यायाधिवक्ता चन्द्र कुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


चुनढुंगा खानी दोहनको विषयमा अध्ययन समितिमा रहँदा उनले गलत प्रतिवेदन दिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ । खानी तथा भूगर्भ विभागले उपमहानिर्देशक जयराम घिमिरेको नेतृत्वमा गठन गरेको समितिमा पोखरेल महान्यायाधिवक्ता कार्यालयको तर्फबाट प्रतिनिधि थिए । सो समितिले कानूनको गलत ब्याख्या गरी खानी दोहन गर्ने उद्योगीलाई एक अर्ब २४ करोड क्षतीपुर्ती मिनाहा गरेको थियो । सोही आधारमा अख्तियारले विभागका महानिर्देशक राम प्रसाद घिमिरेसहितलाई मुद्दा दायर गरेको हो । नौ वटा उद्योग तथा नौ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर भएका अन्य कर्मचारीहरुमा विभागका उपमहानिर्देशक जयराम घिमिरे, उपसचिव सपना अधिकारी, सिनियर डिभिजनल माइनिङ इन्जिनियर प्रशान्त बोहरा, सिनियर डिभिजनल जियोलोजिष्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी र जियोलोजिष्ट डा. सौनक भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्