Logo
Logo

आजको मौसम : यी स्थानामा बर्षाको सम्भावना


2.8k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । त्यस्तै तराईका भूभागमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही पूर्वी तथा मध्य पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्