काठमाडौं । नेपाल दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशको सूचीमा परेको छ । हालसम्म नेपालमा ७१ प्रतिशतले पहिलो मात्रा र ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको सरकारको तथ्याङक छ ।

हालसम्म प्रदेश १ मा १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा र ५३ प्रतिशतले पूर्ण मात्रा, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा, कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतले पूर्ण मात्रा तथा सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा र ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको तथ्याङक छ ।
सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । अहिलेसम्म दुई लाख २३ हजार ९ सय ४४ जनाले बुस्टर डोज खोप लगाइसकेका छन् । सरकारले आउँदो चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने सरकारको लक्ष्य छ ।











